Skip to main content
सोमबार, १२ असोज २०८३
Episode – 04

त्रिशुली नदीमा खतरनाक खेल, बँच्ला त र्‍याफ्टिङ?

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Subhak Mahato

January 16, 2024


व्यापारिक घराना सर्राफ समूहले प्रवर्द्धन गरेको कम्पनीले नियम उल्लंघन गर्दै त्रिशुलीमा हाइड्रोपावर बनाउन थालेपछि स्थानीय आक्रोशित भएका छन्। नेपालकै पहिलो व्यवसाहिक र्‍याफ्टिङ बन्द होला भनेर पर्यटन व्यवसायी चिन्तित छन्।

कार्यशैलीका कारण ब्लु इनर्जी सुरुदेखि नै विवादित छ। आयोजनाको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नक्कली बनाएको विवाद सेलाएकै छैन। अहिले फेरि सार्वजनिक सुनुवाइ नगरी काम अघि बढाएपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका हुन्।

एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवर्धक ब्लु इनर्जी प्रालि हो। अरुण सर्राफ यो कम्पनीका मुख्य प्रवर्धक हुन्। त्रिशुलीमा सर्राफ समूहले फालेको जालमा परी र्‍याफ्टिङ मर्छ त ? स्थानीय भन्दैछन्— होइन, आयोजना बन्न दिँदैनौँ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।