Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, ०२ माघ २०८१
Susta : EP-02

सुस्तामा खसेको नेपालीको आँशु

Ground Zero

October 6, 2023

मैले दुई वर्ष अघि ‘सुस्ताको ग्राउण्ड जिरो रिपोर्टिङ’ गरेका थिए । सोही सुस्ताबारेको रिपोर्टिङ युट्युवबाट हटाइएको रहेछ साथीहरुले । मुख्य कपी मसँग सुरक्षित भएको कारण पुनः अपलोड गरेको छु ।

बर्फिलो बिहानी । यो सुदूर गाउँ शान्त छ । मोटरगाडीका आवाज सुनिँदैनन् । नदी बगेको, हावा चलेको र चराचुरुङ्गी चिरबिर गरेको मात्र सुनिन्छन् । 

सल्लाका सुरिला बोटहरु जाडोले कठ्याङ्ग्रिएका छन् । ठाडा खोलामा पानी हैन बरफ नै बगेको भान हुन्छ । 

पारिलो घामले चियाउँछ । ध्वजा पताकाहरु नाच्न थाल्छन् । 

हिमालतिर जाने तयारी सुरु भइसक्यो । कोही बिहानै बाटो लागिसके, कोही घोडामा रासन लाद्‌दै छन् । ङिमा दिदीको घरमा ढिँडो पाक्दैछ । 

चोत्र गाउँमा अन्न फल्ने ठाउँ कम छन् । हिउँ र तुषारोसँग संघर्ष गर्दै वर्षमा एउटा मात्र बाली हुन्छ । धेरै जनाले चौंरी र भेडा पाल्छन् । हिमालले बेला बेला जडिबुटी दिन्छ । अनि गाउँ पालिन्छ । 

गाउँको लागि आजको दिन ३ वर्षपछि आएको सुखद क्षण हो । सेतो चिनी खन्न वर्षेनी जान पाइँदैन । बीउ मासिन्छ भनेर गाउँलेहरु आफैंले बनाएको नियम । 

आज हिमालको तीन वर्षे बाली भित्राउन जाने दिन हो ।

हात खुट्टा चल्न सक्ने सबै हिमालतिर जान्छन् । साना नानीबाबुलाई कसैले अर्को गाउँमा आफन्तकोमा लगेर छाडेका छन् । कसैले आफैं लिएर हिँडेका छन् । 

अनि यो पनि

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।