Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

सोमबार, ०७ साउन २०८१

युकेमा नेपाली नर्सको तलब ५१ लाखसम्म

Ground Zero

October 15, 2023

नेपाल र युकेबीच भएको सम्झौता अनुसार नेपाली नर्स युके गएर कमाउने पैसाबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । यो विषयमा ग्राउन्ड जिरोले एउटा सानो रिसर्च गरेको छ । हामीले नेपाल र युकेबीच भएको सम्झौतापछि भइरहेका चरणबद्ध कामहरु सरसर्ती अध्ययन ग¥यौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभागका आधिकारिक व्यक्तिसँग औपचारिक, अनौपचारिक भेटघाट ग¥यौँ । सरकारका आधिकारिक व्यक्तिहरुको भनाइ र सम्झौता सम्बन्धी कागजातअनुसार अहिलेका लागि नेपाली नर्सको युकेको तलब ४१ देखि ५१ लाख रुपैयाँसम्म हुनेछ । तर यो भनेको वार्षिक तलब हो, मासिक होइन । युके गएर उनीहरु कति समय त्यहाँ बस्न पाउँछन् भन्ने टुंगो छैन। अहिलेका लागि ५ वर्ष काम गर्न पाउनेछन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।