Skip to main content
बुधबार, २७ जेठ २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार

प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे

Ground Zero

April 15, 2024


एक तले घर बनाउने प्रक्रिया के के हुन्छ ? कुरा सामान्य छ। नक्सा बनाउने, पालिकाबाट जाँचपास गर्ने, भूकम्प प्रतिरोधी हुनेगरी तलैदेखि फाउन्डेसन उठाउने आदि, इत्यादि।

अनि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्दा के के गर्नुपर्छ ? जहाजलाई टेकअफ र अवतरण गर्ने समयमा सुरक्षित र सन्तुलित बनाइराख्ने महत्वपूर्ण ठाउँ हो, रन-वे। ठूलो ताैल भएका जहाज गुड्ने राजमार्ग पनि हो रनवे। त्यसैले रनवे बनाउँदा भार बहन क्षमता पहिलै सुनिश्चित गरिनु पर्छ। त्यसका लागि तलदेखि माटो फिल गर्दा लेयर—लेयरमा प्रयोग गर्ने माटोको वैज्ञानिक परीक्षण गर्दै काम गर्नुपर्छ।

एक तले घर बनाउन कति दिन लाग्छ, तपाइँ सोच्दै गर्नुहोस्। हामी तपाइँलाई देखाउँदै छौँ ३ दिनमा ११ तह माटो फिल गरी रनवे बनाइएको रिपोर्ट।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोजेक्ट रिपोर्टअनुसार पोखरा अन्तर्ष्ट्रिय विमानस्थलको रनवेको ११ तहमा माटो फिल गर्ने काम ३ दिनमा सकिएको हो। पत्याउनु भएन? माथिको भिडियो हेर्नुहोस् त।

थप लिंक:
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।