Skip to main content
शनिबार, १० असोज २०८३

चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

March 15, 2024


पोखरा अन्तर्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाको विषयलाई लिएर काठमाडाैंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको छ। सबै प्रक्रिया पूरा गरेपछि सम्झौताअनुसार नेपालले पाउनुपर्ने १५ प्रतिशत रकम पाउने अवधि सकिन लागेको जानकारी दिँदै दूतावासले कुटनीतिक नोट पठाएको हो।

सामान्य अवस्थामा कुटनीतिक नोट पठाउनुको मतलब दुई देशबीच औपचारिक सञ्चार गर्नु हो। तर पोखरा विमानस्थलको विषयमा चीनले पठाएको कुटनीतिक नोटमा उसको सरोकार पनि देखिन्छ । यसमा चीनले कुटनीतिक भाषामा भनेको छ, विमानस्थल निर्माणको सम्झौताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण इमान्दार देखिएन। ऋण रकम झिक्ने समय नै सकिन लागिसक्यो तापनि पैसा झिक्न प्रक्रिया सुरु गरेन।

यो पृष्ठभूमिमा भन्नु पर्दा चीनले नेपाललाई सरोकार नोट पठाएको हो। चीनको सरोकार मुख्यत प्रदीप अधिकारी महानिर्देशक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणासँग हो। कुटनीतिक नोट पठाउनुको अर्थ त्यो केवल प्राधिकरण वा अधिकारीसँग मात्र सम्बन्धित कुरा हाेइन। त्यो चीनले सिंगो नेपालसँग राखेको सरोकार पनि हो।

पोखरा विमानस्थलमा भएको भ्रस्टाचारका लागि अख्तियारको छानवीन केन्द्रमा महानिर्देशक प्रदीप अधिकारी छन्। एक जना विवादित व्यक्तिका कारण देश देशबीच सम्बन्ध बिग्रनु हुँदैन।

थप लिंक:
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।