Skip to main content
बुधबार, १० असार २०८३

नलिञ्चोकमा कमिशनका लागि हेलिप्याड निर्माण, राती मात्र हेलिकप्टर पार्किङ (प्रतिवेदन सहित)

Ground Zero

July 4, 2025


भक्तपुरको नलिञ्चोकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ करोड खर्चेर उपत्यकाका लागि खोँचमा हेलिप्याड निर्माण गरेका छन् । निर्माण सम्पन्न भएर हेलिप्याड सञ्चालनमा आएको एक वर्ष पनि पुरा भयो । तर, यहाँबाट एक वर्षको दौरानमा एउटा पनि व्यावसायीक उडान हुन सकेको छैन, कारण हेलिप्याड भ्रष्टाचारको लागि मात्र निर्माण गरेपछि । अहिले आएर प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जबर्जस्ती नलिञ्चोक हेलिप्याडबाट उडान गर्न हेलिकप्टरका क्याप्टेनहरुलाई दवाव दिरहेका छन्, भ्रष्टाचारबाट बच्नका लागि ।
यसपटको अंकमा हामीले महानिर्देशक प्रदिप अधिकारीले नै गठन गरेको नलिञ्चोक हेलिप्याडबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै छौं । जुन प्रतिवेदनले नलिञ्चोक हेलिप्याडबाट हेलिकप्टर टेकअफ र ल्याण्डिङ गर्न मिल्दैन, भनेर रिपोर्ट दिएको थियो ।

थप स्टोरी :-
नलिञ्चोकमा तीन करोडको हेलिप्याडलाई १३ करोड ५१ लाख
नलिञ्चोकबाट हेलिकोप्टर उडाउन प्राधिकरणले जर्बस्ती गरे ‘हेलिकोप्टर दुर्घटना’ हुने : क्याप्टेनहरु

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।