महाराजा र बाहुबली थालीका लागि प्रख्यात
नेपाल ग्राउन्ड जिरोले मेरो कथा शीर्षकमा आम मान्छेको कथा प्रस्तुत गर्छ। यो पटक हामी प्रसारण जोशीको कथा लिएर आएका छौँ। प्रसारण अध्ययनका लागि डेनमार्क गएका थिए। उनको मन त्यहाँ अडिएन। नेपाल फर्किए र हस्पिटालिटी विजनेश सुरू गरे। अहिले उनको भोजन अल्टिमेट नामको रेष्टुराँ ५२ परिकार र ३० परिकार समावेश हुने महाराजा थाली र बाहुबली थालीका लागि प्रख्यात भएको छ। अहिले भोजन अल्टिमेट कपन, जउलाखेल र सीतापाइलामा सञ्चालनमा छन्।



