Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, ०७ चैत २०८१

किन विरोधमा उत्रिए आयोजना क्षेत्रका स्थानीय ?

nepalgroundzero

March 5, 2024
[Sassy_Social_Share]

यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना हो ।
यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । यो विवादको विषयमा संसदमा समेत प्रश्न उठ्न थालेको छ ।
अर्को तर्फ स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाले पनि सुपर त्रिशुली जलविद्युत् आयोजना निर्माण राक्नेका लागि आवाज उठाउन थालेका छन् ।
एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवद्र्धक सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालि हो । अरुण सर्राफ यो कम्पनीका मालिक हुन् । ब्लु इनर्जीका मालिक अरुण सर्राफले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको पाएपछि चितवनको फिस्लिङमा आयोजित कार्यक्रममा कानून व्यवसायी यसो भन्छन् ।
त्यति मात्रै नभएर, अब सो क्षेत्रका सर्वसाधारणले पनि आफुहरुलाई झुक्याएर बट्टारमा ड्याम बनाउन लागेकोमा विरोध गरेका छन् ।
हो, नुवाकोटको देवीघाटदेखि चितवनको देवघाटसम्मको भागमा कुनै पनि किसिमको बाँध वा जलविद्युत आयोजना निमार्ण हुनु हुँदैन भनिरहेका छन्, विभिन्न सरोकारवाला व्यक्तिहरु ।
हो, सुरुदेखि नै विवादमा रहेको गोरखा–चितवनमा पर्ने एक सय मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजना । जसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) रिपोर्ट नै गलत छ । त्यसकारण यो आयोजना कुनै पनि हालतमा रोकिनु पर्छ ।

अनि यो पनि


Ground Zero नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।