Skip to main content
बुधबार, २७ जेठ २०८३

विवादित सुपर त्रिसुलीबारे संसदमा बहस

nepalgroundzero

March 5, 2024
[Sassy_Social_Share]

सुपर त्रिशुली जलविद्युत् आयोजना विवादको विषय संसद प्रवेश गरेको छ। आयोजनाले बल मिच्याइँ गरेर काम गरेको भन्दै स्थानीय आक्रोशित भइरहेको सन्दर्भमा संसदमा यस विषयमा बहस भएको हो।

‘पृथ्वीराजमार्गको त्रिशुली नदीमा सुपर त्रिशुली आयोजना बनाउने काम भइरहेको रहेछ’, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले संसदलाइ सम्बोधन गर्दै भने, ‘यसले राफ्टिङ पर्यटनमा प्रतिकूल असर पार्ने देखिन्छ।’

सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालिले त्रिशुलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजना निर्माणको काम गरिरहेको हो। कम्पनीले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको देखिए पछि स्थानीयबासी आयोजनाप्रति आक्रोशित भएका थिए।

यही विषयलाई लिएर चितवनको फिस्लिङमा हालै अन्तरक्रिया भएको छ। अन्तरक्रियामा कानुन व्यवसायी एवं नदी संरक्षण अभियान्ताहरुले आयोजनाले पार्ने असरबारे चिन्ता व्यक्त गरे।

अनि यो पनि


Ground Zero नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।