Skip to main content
शनिबार, ०७ कात्तिक २०८३

संविधान र गणतन्त्र रक्षाका लागि जनतामाझ जान लागेका हौँ: माधवकुमार नेपाल

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 24, 2026


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताउनुभएको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित दुई महिने राष्ट्रिय जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षा गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले राष्ट्रियतामाथि आघात पुगे टुलुटुलु हेरेर नबस्ने स्पष्ट पार्नुभयो।

पार्टीको मुख्य आधार जनता नै भएकाले घरदैलोमा पुगेर उनीहरूका गुनासो, अपेक्षा र सुझाव सुन्ने उहाँको भनाइ थियो। उहाँले बेरोजगारी र युवा पलायनजस्ता समस्या समाधानका लागि दबाब सिर्जना गर्ने, विगतका कमीकमजोरीको आत्मसमीक्षा गर्ने र पुराना पार्टीहरूप्रति लगाइने सतही आरोपको तथ्यसहित प्रतिवाद गर्दै पार्टीले गरेका कामहरूको फेहरिस्त जनतामाझ लैजाने बताउनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।