Skip to main content
शनिबार, ०७ कात्तिक २०८३

तत्काल एमालेसँग एकता नहुने प्रचण्डको स्पष्टोक्ति

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 24, 2026


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ। यद्यपि, देश सङ्कटमा परेका बेला विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न भने नेकपा नडराउने उहाँले बताउनुभयो।

शनिबार पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै प्रचण्डले वर्तमान सरकारले नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो। उहाँले भूराजनीतिक चलखेलप्रति सजग रहन आग्रह गर्दै विगतका कमजोरीप्रति आत्मालोचित भएर जनताको विश्वास जित्ने प्रतिवद्धता जनाउनुभयो।

पार्टी सहसंयोजक माधव कुमार नेपालसहित सुरु गरिएको सो अभियानका क्रममा जनसमस्या समाधानका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइनेछ। सङ्गठन सुदृढीकरण, सदस्यता नवीकरण र समायोजनका कामलाई समेत अघि बढाउने यो अभियान आगामी मङ्सीर २५ गते समापन हुनेछ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।