
Ground Zero
November 26, 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा देशभरका ७५३ वटै स्थानीय तहसँग साझेदारी गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ
बिहीबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँगै टेकुस्थित पुनःनिर्मित बायो–मिथेनेसन प्लान्टको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो आह्वान गर्नुभएको हो । ’एलपीजी मुक्त स्थानीय सरकार’ को अवधारणाअनुसार उत्पादन हुने ग्यासको उपयोगमा रहेका नीतिगत अस्पष्टता हटाउन सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
संसद्मा दर्ता भइसकेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि घनिभूत छलफल गरी पाइपलाइन र ग्यास वितरणसम्बन्धी नीतिगत सम्बोधन गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ छ । फोहोर व्यवस्थापन सरकारी निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले नागरिक स्तरबाटै जनचेतना र सहयोग अपरिहार्य रहेको औँल्याउनुभयो ।
करिब १० वर्षअघि निर्माण भई बन्द रहेको उक्त प्लान्ट वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा पुनः परीक्षण सुरु गरिएको हो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।