
Ground Zero
November 25, 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक’ ल्याएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले पूर्ण निषेध मात्र अव्यावहारिक हुने भएकाले नियमनसहितको कानुन बनाउन खोजिएको स्पष्ट पार्नुभयो
मन्त्री यादवले बालबालिकालाई विद्यालयमै टिकाउनुपर्नेमा जोड दिँदै गरिबी र अभिभावकविहीनताको यथार्थलाई समेत विचार गर्नुपर्ने बताउनुभयो । विधेयकमा १३ वर्षसम्म बालश्रम पूर्ण रूपमा रोक्ने, १३ देखि १५ वर्षकालाई घरायसी सामान्य काममा मात्र संलग्न गराउने तथा १५ देखि १८ वर्षका लागि वर्ग छुट्याएर अनुसूचीमा व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।
निषेध, नियमन, उद्धार, पुनःस्थापना र पुनःएकीकरणलाई एउटै फ्रेममा समेटिएको उल्लेख गर्दै उहाँले असल नियतले बालबालिकाको हेरचाह गर्ने विषयलाई समेत कानुनले स्पष्ट पार्ने धारणा राख्नुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।