
Ground Zero
November 25, 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहबाटै सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित गिद्दे प्रेसको दोस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
मन्त्री तिमिल्सिनाले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको कानुनी सुधारका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ पत्रकारिताका आयामहरूलाई राज्यले चिन्ने गरी कानुन निर्माण गरिने बताउँदै युट्युब पत्रकारितालाई नियमन र कानुनी दायरामा ल्याउनुपर्ने विषय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको बताउँदै उहाँले पदपछि पनि सञ्चार क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्रका समस्या समाधान गर्दै यसलाई प्रतिष्ठित पेसाका रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सोही अवसरमा पत्रकार भुपाल लुइँटेललाई सम्मान गरिएको थियो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।