Skip to main content
बिहिबार, १० मंसिर २०८३

लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 26, 2026


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वास आर्जन गर्न आवश्यक नीतिगत सुधारका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’लाई सम्बोधन गर्दै उहाँले लगानी आकर्षित गर्न पारदर्शिता, नीतिगत स्थिरता र समयमै निर्णय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री साहले दोहोरो कर मुक्ति सम्झौता, नाफा फिर्ता लैजाने सहज प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणका विषयलाई गम्भीरतापूर्वक लिएर अर्थ मन्त्रालय लगायतका निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले ३० देखि ९० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीका सरोकार र नियामक अवरोधहरू पहिचान गरी समाधान गर्ने योजना समेत सुनाउनुभयो ।

लगानीकर्तालाई दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्दै उहाँले जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, उत्पादन र पर्यटन क्षेत्रमा संयुक्त लगानी गर्न आह्वान गर्नुभयो । साथै, बेलायतस्थित नेपाली डायस्पोरालाई दुई देशको अर्थतन्त्रबिच सेतुको भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।