
Ground Zero
November 25, 2026

नेपालमै पृथक मानिने मध्यरातमा चिच्याएर वर माग्ने पाल्पाको ऐतिहासिक सत्यवती मेला बुधबार सम्पन्न भएको छ । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन सञ्चालन भएको मेलामा सयौँ भक्तजनको सहभागिता रहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
कानले नसुन्ने सत्यवती बज्यैसँग चिच्याएर वर मागे मनोकाक्षा पूरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न जिल्ला तथा भारतबाट समेत श्रद्धालुहरू यहाँ आउने गरेका छन् । परापूर्व कालदेखि नै भक्तजनले मध्यरातमा ताल परिसरमा निगालो र सालका लिंगो गाड्ने, ताल परिक्रमा गर्ने र चिच्याएर वर माग्ने अनौठो प्रचलन रहिआएको छ । आफूले गाडेको लिंगो चिनेर भोलिपल्ट उज्यालो नहुँदै पूजा गरी वर मागेर फर्किने परम्परा छ ।
ऐतिहासिक पूजा विधि र मौलिक संस्कृतिले गर्दा सत्यवती क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।