Skip to main content
बिहिबार, १० मंसिर २०८३

वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्ने लिफ्टसहितको आकाशे पुल शिलान्याश

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 26, 2026


काठमाडौं महानगरपालिकाले वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्ने लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ । बिरामीलाई दुई भवनबिच आवतजावत गर्न सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त पुलको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्याश गर्नुभयो ।

शिलान्याश कार्यक्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन लाग्ने, व्यस्त क्षेत्र रहेको तथा सडक पार गराउँदा बिरामीले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राखेर आकाशे पुल निर्माण गर्न लागिएको बताउनुभयो । पुरानो र नयाँ भवनबिच सडक रहेकाले बिरामीलाई ट्रलीमा राखेर सडक पार गराउनुपर्दा सवारीसाधनको चाप र हतारका कारण समस्या हुने गरेको उहाँको भनाइ थियो । बिरामी र चिकित्सक दुवैको सुरक्षा तथा सहजताका लागि पुल समयमै सम्पन्न गरिने उहाँले उल्लेख गर्नुभयो ।

महानगरपालिकाका अनुसार ४ करोड ७१ लाख रुपैयाँको लागतमा निर्माण हुने यो आकाशे पुल आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।