
Ground Zero
November 20, 2026

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा आगामी मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रमणका कार्यक्रमबारे जानकारी गराएको हो ।
परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल हुनेछ । भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ । भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले नेपालमा थप भारतीय लगानी आकर्षित गर्न भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै सरकारका नीतिगत प्रयासहरू प्रस्तुत गर्नुहुने मन्त्रालयले जनाएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।