Skip to main content
आइतबार, २५ असोज २०८३

गोरखा बाढी: बुढीगण्डकी तटीय क्षेत्रमा उद्धार र राहत तीव्र

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 11, 2026


गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा ठूलो क्षति पुगेको छ। बाढी प्रभावितहरूका लागि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा राहत सामग्री पठाउनुका साथै उद्धार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगी विद्युत् सेवा अवरुद्ध भएकाले तत्कालका लागि सोलारमार्फत बत्ती बाल्ने प्रबन्ध मिलाइएको छ।

साथै, सञ्चार सम्पर्क पुनः स्थापित गर्न टेलिफोन टावर तथा लाइन मर्मत एवं जडानको काम द्रुत गतिमा भइरहेको उहाँले बताउनुभयो। प्रभावित नागरिकको सुरक्षा र पुनर्स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको गृह मन्त्रालयले जनाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।