Skip to main content
बुधबार, २१ असोज २०८३

सूर्यमुखी तेलको भन्सार दर घटाउन व्यवसायीको माग

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 7, 2026


भारतले सूर्यमुखी तेलको भन्सार दर उल्लेख्य घटाएपछि नेपालमा चोरी पैठारी बढ्ने जोखिम औँल्याउँदै नेपाली खाने तेल व्यवसायीहरूले भन्सार दर घटाउन माग गरेका छन्।

भारत सरकारले सेप्टेम्बर २४ देखि सूर्यमुखीको कच्चा पदार्थको भन्सार साढे १६ प्रतिशतबाट घटाएर साढे ५ प्रतिशतमा झारेको छ। जीएसटीसहित भारतमा लागत मूल्य ११ प्रतिशत मात्र पर्ने भएकाले त्यहाँ प्रतिकिलो करिब १० रुपैयाँ सस्तो भएको छ। नेपालमा भने कच्चा सूर्यमुखी तेलमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ।

भारतबाट हुने अवैध आयात नरोके नेपाली उद्योगहरू प्रतिस्पर्धा गर्न नसक्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो। भारतले भटमास र पाम तेलको भन्सार पनि घटाएर साढे ११ प्रतिशत पुर्‍याएको छ। तर, ती तेलमा भन्सार अन्तर कम रहेकाले चोरीको जोखिम नभए पनि सूर्यमुखी तेलले भने नेपाली उद्योगलाई प्रत्यक्ष असर पार्ने व्यवसायीको भनाइ छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।