
Ground Zero
October 5, 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले देशमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले सरकार जनताका साथै निजी क्षेत्रप्रति पनि उत्तिकै उत्तरदायी रहेको स्पष्ट पार्नुभयो।
चिनी उद्योगहरूको संरक्षण र स्वदेशी कृषि प्रणालीलाई जोड्नुपर्नेमा जोड दिँदै उहाँले ग्यास र पेट्रोलियम पदार्थको बाह्य निर्भरता घटाउन स्वदेशी बिजुली र ब्रिकेटको प्रयोग बढाउनुपर्ने बताउनुभयो। एलपीजी ग्यासको सहज आपूर्तिका लागि मन्त्रालयले दीर्घकालीन नीति बनाउन काम थालिसकेको उहाँको भनाइ छ।
बैठकमा व्यवसायीहरूले औद्योगिक क्षेत्रको जग्गा प्राप्तिको कठिनाइ र विद्युत् आपूर्तिको अनिश्चितताबारे ध्यानाकर्षण गराएका थिए। समितिले औद्योगिक करिडोरका लागि जग्गा व्यवस्थापनको समस्या चाँडो समाधान गर्न मन्त्रालयलाई निर्देश गरेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।