
Ground Zero
October 5, 2026

सरकारले जेनजी प्रदर्शनकारीहरूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृहमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
यस्तै, नर्वेजियन सरकारबाट नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणका लागि प्राप्त हुने करिब १० करोड रुपैयाँ अनुदान सहायता स्वीकृत गरिएको छ।
बैठकले नेपाल इन्जिनियरिङ सेवा (दोस्रो संशोधन) नियमावली, २०८३ र वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, सहसचिव पद्म कुमार मैनालीलाई सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।