
Ground Zero
October 5, 2026

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले समाजमा व्याप्त निराशा र असन्तोष चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको बताउनुभएको छ। पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै सभापति थापाले कांग्रेस केवल चुनावी दल नभई प्रमुख राष्ट्रिय शक्ति भएको स्पष्ट पार्नुभयो।
संसद्मा प्रतिपक्षका रूपमा नागरिकका मुद्दा प्रखर रूपमा उठाउने र आगामी चार वर्षका लागि आफ्नो प्रतिवेदन राजनीतिक मार्गदर्शन बन्ने उहाँले उल्लेख गर्नुभयो। फागुन २१ को निर्वाचन परिणामबारे समीक्षा गर्दै उहाँले अबका चुनावमा कसैसँग गठबन्धन नगरी आफ्नै चुनाव चिह्न र विचारका साथ मैदानमा उत्रिने नीति अघि सार्नुभएको छ। साथै, उम्मेदवार छनोट र नेतृत्व चयनमा सदस्यहरूको प्रत्यक्ष सहभागिता बढाउने उहाँको प्रस्ताव छ।
हिमाल, पहाड र तराई-मधेस गरी तीनवटा हलमा विभाजन गरेर महाधिवेशनको बन्दसत्र व्यवस्थापन गरिएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।