
Ground Zero
October 4, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले भन्दैमा वर्तमान सरकार नढल्ने दाबी गर्नुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले बालेन शाह नेतृत्वको वर्तमान सरकार नढल्ने ठोकुवा गर्नुभयो। उहाँले सरकार ढल्ने आसमा पर्खिनेहरू नढलेको देखेर आफैँ बेहोस भएर ढल्ने टिप्पणी गर्नुभयो।
इतिहास बदल्ने प्रेरणाका साथ यो सरकार गठन भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रक्षा गर्ने मुख्य शक्ति जनता नै भएको स्पष्ट पार्नुभयो। सडक प्रदर्शन वा आन्दोलनबाट सरकार ढाल्ने परम्परागत बाटो अब बन्द हुनुपर्ने उहाँको भनाइ थियो। रास्वपाले पाएको जनमतको अपमान नगर्न आग्रह गर्दै उहाँले सत्तापक्षमै भए पनि आफू एक्लो प्रतिपक्षीजस्तै देखिएको बताउनुभयो।
पार्टीभित्र विवाद गर्नेहरूलाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुने सुझाव दिँदै उहाँले कांग्रेसलाई नयाँ पुस्ता र बदलिँदो परिस्थितिअनुसार अघि बढ्न आग्रह गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।