Skip to main content
आइतबार, १८ असोज २०८३

सरकारका गतिविधिले स्वेच्छाचारिता र अराजकता बढायो: दाहाल

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारिता एवम् अराजकता बढाएको आरोप लगाउनुभएको छ। काठमाडौँमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिँदै प्रचण्डले सरकारकै व्यवहारका कारण लोकतन्त्र, संविधान र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा पैदा भएको बताउनुभयो।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र नेपाललाई विश्वमा शान्ति एवम् लोकतन्त्रको नयाँ पहिचान दिने जिम्मेवारी कांग्रेस र गगन थापाको नेतृत्वले पूरा गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।

विगतमा आफूले शान्ति र गणतन्त्रका लागि धेरै ‘क्रमभङ्ग’ गरेको स्मरण गर्दै प्रचण्डले अब गगन थापा र रवि लामिछाने लगायतका नयाँ नेताहरूले मुलुक निर्माणमा ‘क्रमभङ्ग’ गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। सबै दलहरूबीचको सुदृढ समझदारीबाट मात्रै समृद्ध र लोकतान्त्रिक नेपाल निर्माण सम्भव हुने उहाँको भनाइ थियो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।