Skip to main content
आइतबार, १८ असोज २०८३

सरकार संवादहीन र स्वेच्छाचारी बन्यो: शंकर पोखरेल

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार राजनीतिक दल, संसद् र जनतासँग संवाद गर्न तयार नरहेको आरोप लगाउनुभएको छ। काठमाडौँमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा बोल्दै उहाँले जनताबाट निर्वाचित प्रधानमन्त्रीले संसद् र संसदीय दलहरूलाई नचिन्नु तथा जनताका आवाज नसुनिनुले लोकतन्त्रको भविष्यमाथि प्रश्न खडा गरेको बताउनुभयो।

महासचिव पोखरेलले मुलुक स्वेच्छाचारी शासन र अधिनायकवादतर्फ उन्मुख भइरहेको आभास भएको भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेससहित सम्पूर्ण लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरू पुनः एकजुट हुनुपर्नेमा जोड दिनुभयो। विगतमा राणाशाही, पञ्चायत र निरङ्कुश राजतन्त्रविरुद्ध संयुक्त रूपमा लडेजस्तै अहिले पनि सामूहिक नेतृत्वको आवश्यकता रहेको उहाँको भनाइ थियो।

इतिहासबाट पाठ नबोग्नेहरू सजायका भागीदार हुने चेतावनी दिँदै उहाँले युवाहरूका आशालाई निराशामा बदल्न नहुने बताउनुभयो। साथै, कांग्रेसको महाधिवेशनले इतिहासको गौरवलाई भविष्यको योजनामा बदल्दै नयाँ पुस्ताको चाहना सम्बोधन गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।