Skip to main content
बिहिबार, ०५ कात्तिक २०८३

संविधानका मूल खम्बा जोगाउँदै आवश्यक सुधार गरौं : डा. बाबुराम भट्टराई

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता संविधानका मूल खम्बाहरू जोखिममा परे सिङ्गो व्यवस्था नै खतरामा पर्ने चेतावनी दिनुभय

दशौँ हजार नागरिकको बलिदानबाट प्राप्त संविधानको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकाको ढाँचामा जान सुझाव दिनुभयो।

शान्ति सम्झौता भएको २० वर्ष बित्न लाग्दा पनि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका कामहरू टुङ्गोमा नपुगेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। देश विकासका लागि स्पष्ट दीर्घकालीन योजना बनाएर अघि बढ्न र राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्न उहाँले जोड दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।