
Ground Zero
October 3, 2026

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ। शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको छलफलमा उहाँले १४ औँ अधिवेशनबाट निर्वाचित नेतृत्वले नै नियमानुसार आगामी महाधिवेशन सम्पन्न गर्ने स्पष्ट पार्नुभयो।
नेता महतले प्रतिकूल अवस्था र दबाबका बाबजुद पनि देशभरका कार्यकर्ताहरू तामझाम बिना स्वतःस्फूर्त रूपमा पार्टीको महाधिवेशन प्रक्रियामा जुटिरहेको दाबी गर्नुभयो। उहाँका अनुसार विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास गलत भएको र त्यसको विरुद्धमा पार्टीका नेता, सांसद तथा स्थानीय जनप्रतिनिधिहरू एकजुट भई उभिएका छन्।
भ्रममा परेर अन्य गतिविधिमा लागेका नेता-कार्यकर्ताहरूले पनि गल्ती महसुस गर्दै पुनः आधिकारिक प्रक्रियामा जोडिन थालेको उहाँले बताउनुभयो। पार्टीको मूल आदर्श र मूल्य-मान्यता जोगाउन आफूहरू न्यायको पक्षमा उभिएको उल्लेख गर्दै उहाँले अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वास व्यक्त गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।