
Ground Zero
October 2, 2026

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपाका सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य हुनुहुन्छ।
बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले आफूले यस विषयमा निरन्तर आवाज उठाएकाले संयोजक बनाउन माग गर्नुभएको थियो। तर, अन्य सांसदहरूले उहाँको भूमिका उजुरीकर्ता जस्तो देखिएको धारणा राखेपछि सहमतिमा उहाँलाई सदस्य बनाइएको हो।
सार्वजनिक लेखा समितिमा पोशाक खरिद गर्दा ६० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको उजुरी परेको छ। उपसमितिलाई सोही उजुरीको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।