
Ground Zero
October 2, 2026

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नको उत्तर सरकारबाट आउन नसकेको भन्दै कडा आपत्ति जनाउनुभएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसदको चालू अधिवेशन अन्त्य हुन लाग्दा समेत प्रतिपक्ष र आम जनताका प्रश्नहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्न नसकेको बताउनुभयो। उहाँले सरकारले प्रतिपक्षलाई समेटेर र सही ढङ्गले अगाडि बढाउन सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।
सांसद राईले सत्तापक्षलाई ५ वर्षसम्म सरकार टिकाउन र आफ्नै कारणले सरकार नढाल्न सुझाव दिनुभएको छ। विगतका जनआन्दोलन र राजनीतिक गतिविधिप्रति जनतामा आक्रोश रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार रोक्न र सत्ता जोगाएर अघि बढ्न सरकारलाई सजग गराउनुभयो।
जनप्रतिनिधिका आवाज र जनताका आशालाई उपेक्षा नगर्न तथा आगामी अधिवेशनमा विरोधको वातावरण बन्न नदिन उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।