Skip to main content
बुधबार, १४ असोज २०८३

महाकाली नदीको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्कियो, आवागमन पूर्ण रूपमा ठप्प

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 30, 2026


कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति पुगेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। महाकाली नदीमा आएको बाढीका कारण पुलको नदी बीचमा रहेको एउटा पिलर भत्किँदा पुलको केही भाग नदीमा बगेको हो।

नेपाल प्रहरीका अनुसार भीमदत्ततर्फबाट छैटौँ र दोधारा चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको छ। बुधबार बिहानै केही भाग अस्वाभाविक रूपमा माथि उठेको र नट-बोल्ट फुत्किएका फलामका पाता देखिएपछि सुरक्षाका कारण प्रहरीले पैदलयात्री र दुईपांग्रे सवारी साधनको सञ्चालनमा रोक लगाएको थियो। पछि करिब आठ बजेतिर उक्त भाग नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

२०६१ सालमा बनेको १,४५२.९६ मिटर लामो यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिन्छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले क्षतिको विस्तृत अध्ययनका लागि प्राविधिक टोली खटाउने तयारी गरिरहेको छ।

मुख्य सम्पर्क मार्ग बन्द भएपछि स्थानीय बासिन्दाहरू समस्यामा परेका छन्। हालका लागि आउजाउ गर्न करिब दुई किलोमिटर माथि रहेको पक्की पुलको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।