
Ground Zero
September 29, 2026

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने खबरलाई सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले खण्डन गर्नुभएको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री पोखरेलले राणालाई पक्राउ नगरिएको, बरु सुरक्षाका लागि ‘रेस्क्यु’ गरी सुरक्षित स्थानमा लगिएको दाबी गर्नुभयो।
राणाको परिवारले नै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएकाले सुरक्षा निकायले तत्काल कदम चालेको उहाँको भनाइ छ। मन्त्री पोखरेलका अनुसार पूर्वप्रधानन्यायाधीश राणालाई कुनै ‘जेनजी’ समूहबाट नभई अज्ञात समूहबाट गम्भीर सुरक्षा थ्रेट आएको थियो।
सुरक्षा चुनौती थपिनुअघि नै पूर्वसतर्कता अपनाएर उहाँलाई रेस्क्यु गरिएको दाबी गर्दै प्रवक्ता पोखरेलले यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्नुभयो। साथै, उहाँले वर्तमान सरकारको ६ महिना सकारात्मक दिशामा अघि बढिरहेको महसुस भएकोसमेत बताउनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।