
Ground Zero
September 29, 2026

असोज ११ गते नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवनको नारायणगढस्थित नारायणी नदी किनार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जलमापन केन्द्रका अनुसार नदीमा हालसम्मकै उच्च ११.९ मिटर पानीको बहाव मापन गरिएको थियो।
बाढीले लिलाचोकदेखि पुलचोकसम्मको भाग बिगारेपछि पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको यो क्षेत्र अहिले बगरमा परिणत भएको छ। वि.सं. २०१९ देखि बसोबास गर्दै आएका स्थानीय प्रभात कुमार जोशीले नारायणीमा यत्तिको ठूलो बाढी कहिल्यै नदेखेको र यो प्रकृतिमाथिको खेलबाडको नतिजा भएको बताउनुभयो।
विकासका नाममा ठूलो रकम खर्च भए पनि आगामी दिनमा दीर्घकालीन र प्राकृतिक असरलाई ध्यानमा राखेर मात्र निर्माण कार्य अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन्।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।