
Ground Zero
September 29, 2026

रास्वपाकी सांसद निशा डाँगीले भारतको अनुचित कर नीतिका कारण नेपाली जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले भारतले नेपाली जुटमा बढाएको ‘एन्टी डम्पिङ ड्युटी’ र जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पुर्याएको बताउनुभयो। बन्द रहेका उद्योग खोल्ने नीति ल्याउनु सकारात्मक भए पनि सञ्चालनमा रहेका उद्योग जोगाउन नसक्नु विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ।
उहाँले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुरूप जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिन र दिगो औद्योगिक नीति तर्जुमा गर्न माग गर्नुभयो। नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहज प्रवेश पाउने वातावरण बनाउन सरकारले अविलम्ब कूटनीतिक तथा वाणिज्यिक वार्ता अघि बढाउनुपर्नेमा सांसद डाँगीले जोड दिनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।