
Ground Zero
September 28, 2026

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले सरकारले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने मुख्य जिम्मेवारी छोडेर अन्यत्र ध्यान मोडेको आरोप लगाउनुभयो। मध्यरातमा बिना पक्राउ पुर्जी र बिना कारण पूर्वप्रधानन्यायाधीशलाई समातेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त र नयाँ ‘स्टन्ट’ देखाएको उहाँको भनाइ थियो।
जेन्जीबाट सुरक्षा थ्रेट रहेको बहानामा पक्राउ गरिएको विषयमा प्रश्न उठाउँदै सांसद दुलालले भन्नुभयो, “सुरक्षा थ्रेट दिनेलाई पक्राउ गरिन्छ कि थ्रेट हुनेलाई?” उहाँले सरकारको यस कदमलाई स्वेच्छाचारीको संज्ञा दिँदै घटनाको स्पष्ट जवाफ नेपाली जनतालाई दिन र देशलाई संवैधानिक तथा कानुनी बाटोमा हिँडाउन जोडदार माग गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।