
Ground Zero
September 28, 2026

रास्वपाका सांसद खगेन्द्र सुनारले विपक्षी दलका नेताहरूप्रति कडा कटाक्ष गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधनलाई लिएर विपक्षीहरूले ‘कन्फिडेन्स नभएको’ टिप्पणी गरेपछि सांसद सुनारले त्यसको कडा प्रतिवाद गर्नुभएको हो। संसदमा बोल्दै उहाँले प्रश्न गर्नुभयो, “घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ, हामी सुन्न चाहन्छौँ।”
विपक्षी नेताहरू जोडिएका विभिन्न चर्चित काण्डहरूको स्मरण गराउँदै सुनारले व्यङ्ग्य गर्नुभयो, “ग्रिन टी, गिरीबन्धु टी, क्विन्टल–क्विन्टल सुन, वा लडाकु शिविरको पसिना-खुन खाएपछि आउँछ त्यो कन्फिडेन्स? वाइडबडी, बालुवाटार, पासपोर्ट कि गरिब-सुकुम्वासीका लालपुर्जा खाएपछि आउँछ?”
उहाँले विपक्षीहरूलाई के खाएपछि त्यस्तो कन्फिडेन्स आउँछ भन्ने कुराको प्रस्ट जवाफ दिन चुनौती दिनुभएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।