Skip to main content
सोमबार, १२ असोज २०८३

सरकारको गुण्डागर्दी शैली

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 28, 2026


प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बिनाकारण र बिना पक्राउपुर्जी नियन्त्रणमा लिएर छाडिएको विषयलाई लिएर सरकारमाथि प्रश्न उठेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक सांसद ऐनबहादुर महरले संसद्‍मा बोल्दै सरकारको यो कदमप्रति कडा आपत्ति जनाउनुभएको हो।

उहाँले बिना पक्राउपुर्जी र बिनाकारण पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गैरकानुनी राज्यको दृष्टान्त भएको टिप्पणी गर्नुभयो।

सरकारको यस्तो शैलीलाई मध्यरातिको ‘नयाँ स्टन्ट’को संज्ञा दिँदै प्रमुख सचेतक महरले यसले कानुनी शासन र सरकारी निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।