Skip to main content
आइतबार, ११ असोज २०८३

सुस्ता डुबानमा

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 27, 2026


लगातारको वर्षापछि नारायणी नदीमा आएको भिषण बाढी गाउँतर्फ सोझिँदा नवलपरासीको सुस्ता पूर्ण रूपमा डुबानमा परेको छ। नदीको सतह नियन्त्रणबाहिर गई बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा गम्भीर जोखिममा परेका छन्।

आइतबार बिहानैदेखि उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको संयुक्त टोलीले डुबानमा परेका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिरहेको छ।

बाढीका कारण घरमुनि पानी जमेर जनजीवन अस्तव्यस्त बनेको छ। सुरक्षा निकायले उद्धार कार्यलाई तीव्र बनाउँदै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।