
Ground Zero
September 26, 2026

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएलगत्तै परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी महासभाका उपलब्धिबारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले नेपालले जलवायु सिर्जित विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगमा विशेष जोड दिएको बताउनुभयो । नेपालले ’लस एन्ड ड्यामेज फण्ड’ लगायतका विद्यमान वित्तीय संयन्त्रहरूबाट स्रोत परिचालनको प्रक्रिया सहज बनाउन विश्वसमुदायसमक्ष जोडदार माग गरेको उहाँले जानकारी दिनुभयो।
निमित्त सचिव ढकालका अनुसार महासभामा हालै भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरिएको थियो। यसबाट भएको जनधन, पूर्वाधार र जनजीविकाको ठूलो क्षतिबारे विश्वको ध्यानाकर्षण गराइएको छ। जलवायु परिवर्तनलाई भू–राजनीतिक द्वन्द्वको विषय नबनाई ’साझा तर फरक जिम्मेवारी’का आधारमा समाधान खोज्नुपर्ने र बढी उत्सर्जन गर्ने धनी मुलुकहरूले थप जिम्मेवारी लिनुपर्ने नेपालको अडान थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग फलदायी भेटवार्ता गर्नुभएको समेत मन्त्रालयले जनाएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।