Skip to main content
शनिबार, १० असोज २०८३

भारतको भन्सार

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 26, 2026


भारत सरकारले कच्चा खाने तेलको आयात भन्सार दर घटाएपछि नेपालबाट भारततर्फ हुने खाने तेल निर्यात प्रभावित हुने भएको छ। सेप्टेम्बर २४ देखि भारतले सोयाबिन र पाम तेलको कच्चा पदार्थमा भन्सार साढे १६ बाट साढे ११ प्रतिशत तथा सूर्यमुखी तेलमा साढे ५ प्रतिशतमा झारेको छ।

यस निर्णयसँगै नेपाली उद्योगीहरूले भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने र निर्यात ठप्प हुने स्थिति बनेको छ। नेपालबाट सर्वाधिक निर्यात हुने सोयाबिन र सूर्यमुखी तेलको निकासी रोकिएमा स्वदेशी उद्योगहरू बन्द भई मजदुरहरू बेरोजगार हुने जोखिम बढेको उद्योग संगठन मोरङले जनाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।