
Ground Zero
September 24, 2026

नेकपा एमालेले न्यायपालिकामाथि भइरहेको निरन्तरको प्रहारले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै एमाले सांसद गुरु प्रसाद बरालले २०८२ भदौ २४ को घटनाले अदालतमा आगजनी र मिसिल नष्ट भई नागरिकको न्याय पाउने अधिकार खोसिएको बताए। सत्तापक्षबाटै न्यायपालिकालाई थर्काउने र अपमानित गर्ने काम भइरहेको आरोप लगाउँदै उनले अदालत सरकारको विरोधी नभई संविधानको रक्षक भएको स्पष्ट पारे ।
संसद्को काम कानुन बनाउने र व्याख्या गर्ने अधिकार न्यायपालिकाको भएको उल्लेख गर्दै उनले अदालतलाई स्वतन्त्र राख्न र न्याय परिषद्लाई सशक्त बनाउन माग गरे।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।