
Ground Zero
September 22, 2026

नेकपाका सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दोषीमाथि कारबाही गर्न र घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए।
प्रहरीसँगको विवादमा चालकले आत्महत्याको चेतावनी दिँदा पनि ट्राफिक प्रहरीले विवेक गुमाएको र युवकलाई जोगाउन नसकेको सांसद दुलालको आरोप छ। यो घटना नागरिकको चरम निराशा, बेरोजगारी र युवाको पीडाको अभिव्यक्ति भएको उनले टिप्पणी गरे।
सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने झन्झटिलो व्यवस्था सच्याउन सरकारसँग माग गरे। साथै, उनले ट्राफिक प्रहरी र नियमनकारी निकायहरूलाई मर्यादित एवम् अनुशासित बन्न आग्रह गरेका छन्।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।