Skip to main content
सोमबार, ०५ असोज २०८३

जलवायु असर

Ground Zero

September 21, 2026


नेपाली कांग्रेसले भोटेकोशी विपद् लगायत जलवायु परिवर्तनका असरलाई आवश्यक प्रमाण र दाबीसहित अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा तयार पारिएको अवधारणा पत्र बुझाउनुभएको हो।

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्रीलाई सिङ्गो देश र प्रमुख प्रतिपक्षी दलको पूर्ण ऐक्यबद्धता रहेको सन्देश दिन खोजिएको उपसभापति शर्माले बताउनुभयो। नेपालले कुल कार्बन उत्सर्जनको १ प्रतिशतभन्दा कम योगदान गर्दा पनि भारी क्षति भोग्नु परेको विषयलाई विश्वमञ्चमा सशक्त रूपमा उठाउन कांग्रेसले आग्रह गरेको छ।

साथै, जलवायु परिवर्तनबाट प्रभावित साना राष्ट्रहरूको नेतृत्व नेपालले लिनुपर्ने, सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग कूटनीतिक संवाद बढाउनुपर्ने र साइडलाइन वार्तामार्फत समर्थन जुटाउनुपर्ने सुझाव दिइएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले राष्ट्र संघमा पेस गरिने दस्तावेज तथ्य र विज्ञहरूको सुझावमा आधारित रहेको जानकारी दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।