Skip to main content
आइतबार, ०४ असोज २०८३

देश गृहयुद्धमा फस्ने

Ground Zero

September 20, 2026


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले वर्तमान संविधान असफल भए देश गृहयुद्धमा फस्ने र आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिनुभयो। संविधान गुमेमा मधेश आन्दोलन र जनयुद्धका उपलब्धिहरू समाप्त हुने उल्लेख गर्दै उहाँले केन्द्रले मधेशलाई सधैं उपेक्षा गरेको र मधेश तथा कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन खोजिएको आरोप लगाउनुभयो।

मधेशमा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइजस्ता आधारभूत क्षेत्र लथालिङ्ग रहेको र स्तरीय अस्पताल नहुनु विडम्बनापूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले आफ्नै पार्टी सरकारमा भए पनि जनताका सवालमा निरन्तर खबरदारी गर्ने स्पष्ट पार्नुभयो। मधेशका वास्तविक समस्या र जनअपेक्षा बुझ्न आगामी छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने उहाँले घोषणा गर्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।