Skip to main content
बिहिबार, ०१ असोज २०८३

जलवायु मुद्दामा तथ्याङ्कसहित

Ground Zero

September 17, 2026


परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दाहरू अन्तर्राष्ट्रिय मञ्चमा भावनात्मक नभई तथ्य, प्रमाण र डाटाका आधारमा स्थापित गर्नुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री खनालले आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले वैज्ञानिक तथ्यका आधारमा नेपालको धारणा राख्ने जानकारी दिनुभयो। प्राकृतिक विपद्ले समृद्धिको मोडलमा धक्का पुर्‍याएकाले विकास रणनीतिमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले जलवायु कूटनीतिका लागि वातावरण र परराष्ट्र मन्त्रालयको एकीकृत सरकारी संयन्त्र आवश्यक रहेको बताउँदै हिमालय क्षेत्रको अध्ययन-अनुसन्धानलाई एकीकृत गरी राष्ट्रिय धारणामा एकरूपता ल्याउन र सीमापार सहकार्य बढाउन जोड दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।