Skip to main content
बुधबार, ३१ भदौ २०८३

प्रधानमन्त्री बालेन शाह संवेदनशील

Ground Zero

September 16, 2026


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीको बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाह संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठक वा अवस्थालाई बेवास्ता गरेको भन्ने आरोपको खण्डन गरे। प्रधानमन्त्री शाह निरन्तर प्रभावित क्षेत्रका जनप्रतिनिधि र बाढीपीडितसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेको उनले जिकिर गरे।

पार्टी र सरकारबीच स्पष्ट कार्यविभाजन रहेको उल्लेख गर्दै सभापति लामिछानेले राहत र उद्धारको काममा सरकार र प्रधानमन्त्री पूर्ण रूपमा जिम्मेवार भएर लागेको स्पष्ट पारे।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।