
Ground Zero
September 15, 2026

परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सीता थपलियाको प्रश्नको जवाफ दिँदै उनले भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे स्पष्टीकरण दिएका हुन्।
उनका अनुसार यो अभिव्यक्ति नेपालको इतिहास वा राष्ट्रिय हितविपरीत नभई विगतको आन्तरिक राजनीतिक ध्रुवीकरण र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणतर्फ लक्षित थियो। मन्त्री खनालले छिमेकीसँगको सम्बन्धलाई राजनीतिक लाभ–हानिको औजार बनाउने अभ्यास त्यागेर पारस्परिक समानता, सम्मान र आर्थिक साझेदारीका आधारमा सम्बन्ध सुदृढ बनाउन सरकार दृढ रहेको स्पष्ट पारे।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।