
Ground Zero
July 29, 2025
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले हवाई इन्धन डिपोको निर्माण गर्दा कम्तीमा ७६ करोडको भ्रष्टाचार गरेको छ । ग्राउण्ड जिरोलाई प्राप्त तथ्य, प्रमाणहरुले, नेपाल नागरिक उड्यन प्राधिकरण र नेपाल आयल निगमका मिलेमतोमा उक्त भ्रष्टाचार भएको हो ।
हवाई इन्धन डिपो निर्माणमा भएको भ्रष्टाचारको बारेमा बुझ्नका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का सम्झौतादेखि नै बुझ्नु पर्ने हुन्छ र, यो पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सी ए एम सी बीच भएको सम्झौता ।
यही सम्झौतामा हवाइ इन्धन डिपोको निर्माण र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख छ । त्यो पनि २२ अर्ब भित्र । सन् २०१२ अप्रील ६ मा अमेरिकी डलरको मूल्य ८२.०९ थियो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।