
Ground Zero
November 27, 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिगत आधार तयार गरिएको बताउनुभएको छ ।
नवौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले राहतका शिक्षक र बाल विकास सहजकर्तालाई पनि कोषमा समावेश गरिने आश्वासन दिनुभयो । चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट संघीय सरकारका करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई आवद्ध गर्ने नीतिगत आधार बनेको उहाँको भनाइ छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत कोषमा समेट्न स्थानीय तहसँग सहकार्य भइरहेको र राज्यको योगदान रहने गरी व्यवस्था मिलाउने तयारी भइरहेको मन्त्री वादीले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णबहादुर राउतले कोषको योजनाबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।