Skip to main content
शुक्रबार, २० कात्तिक २०८३

संविधानको अक्षरशः पालना गर्न प्रतिबद्ध छु: प्रस्तावित सर्वोच्च न्यायाधीश डा. वाग्चन्द

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 6, 2026


सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै प्रस्तावित न्यायाधीश वाग्चन्दले राज्यका सबै निकायमा रहेका व्यक्तिले संविधान र कानुनको परिकल्पनाअनुसार कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए।

फैसला कार्यान्वयनमा देखिएका चुनौतीबारे बोल्दै उनले कर्तव्यमा पछाडि हट्ने र अधिकारमा अगाडि जाने सामाजिक मनोविज्ञानले बाधा पुर्‍याएको बताए। फैसलाको प्रभावकारी कार्यान्वयनका लागि न्यायपालिका र कार्यपालिकाबीच बलियो समन्वयको खाँचो रहेको उनको भनाइ थियो।

न्यायिक सुधारका लागि मुद्दाको तयारी, समयमै स्पष्ट फैसला, न्यायमा समान पहुँच र पुराना मुद्दाको अनुपातलाई ध्यान दिइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।